आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम  छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल fruit-therapyखानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ ।  एक त फलफूल अरु खानेकुराभन्दा अलि महँगो हुने भएका कारण पनि नेपालीहरुले यसलाई नियमित सेवन गर्दैनन् । तर यदि तपाईं फलफूल किनेर खानुहुन्न र पैसा बचाउनुहुन्छ भने रोगको उपचारको लागि डाक्टर र औषधीमाथि तपाईंको थुप्रै रकम खर्च हुनसक्छ । त्यसकारण आफ्नो रोगको अनुसार फलफूलको सेवन गर्नुहोस् र स्वस्थ रहनुहोस् । १. उच्च रक्तचापः अंगुर, टमाटर, तरबुजा, केरा, नास्पाती, बन्दा, कागती, कांक्रो २. रगतको कमीः अनार, गोलभेडा, सुन्तला, अंगुर, स्ट्रबेरी, गाजर, अंजीर, आरुबखडा ३. उच्च कोलेस्ट्रोलः आँप, ओखर, जामुन, सुन्तला ४. मुटुको रोगः केरा, भुइंकटर, तरबुजा, नास्पाती ५. कलेजोको विकारः मेवा, कागती, अंगुर, गोलभेडा, काँक्रो ६. मधुमेहः गोलभेडा, तरबुजा, नास्पाती, अमिला फलफूल, अम्बा ७. खोकीः अंगुर, स्ट्रबेरी, नास्पाती, भुँइकटर, कागती, सुन्तला ८. दाँतको रोगः अंगुर, स्ट्रबेरी ९. कम्मर दुखाईः तरबुजा, नास्पाती १०. मोटोपनाः कागती, सुन्तला, अंगुर, भुँइकटर, मेवा, बन्दा, गोलभेडा ११.बुढ्यौलीपन रोक्ने उपायः कालो अंगुर, अमला, अंगुर, गोलभेडा १२. दमः सुन्तला, नास्पाती १३. अनुहारमा मुसाः आँप, अंगुर, सुन्तला, तरबुजा, स्ट्रबेरी १४. जन्डिस: कागती, नास्पाती, अंगुर, काँक्रो, मेवा १५. मृगौलाको रोगः कागती, सुन्तला, काँक्रो - 
बुधबार नेपाल लगायतका क्षेत्रबाट चन्द्र ग्रहण देखिएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट ग्रहण अवलोकन गर्न सकिन्छ । धेरै वर्ष पछि दिउसोको समयमा चन्द्र ग्रहण लागेको छ ।
eclipse
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्
ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्
ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-10-08-10-21-44.html#sthash.uAfyvfxV.dpuf
दिङ, आश्विन २२ । धादिङको भूमेस्थान गाविस ३, अमर्खूमा घरमा सुतिरहेका आफ्नै बाबुलाई छुरा हानेर छोराले हत्या गरेको छ । घरायसी विवादमा ३३ वर्षीय छोरा धुव्र सुनारले ५० वर्षीय बाबु कृष्णबहादुर सुनारलाई छुरा हानेर घाइते बनाएपछि उपचारकै क्रममा काठमाडौँको स्टार अस्पतालमा उनको मृत्यु भएको हो ।
कृष्णबहादुरलाई छुरा प्रहारगरेपछि उनकी श्रीमती विन्दा र छोरी बट्टईले आफ्नै घरमा विष सेवन गरेका थिए । विष सेवन गर्ने दुबै र घाइते कृष्णबहादुरलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएका थिए ।
विष सेवन गरेका दुबैको काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हत्यारा ध्रुव वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/42024/53/.shtml#sthash.e4T31BdZ.dpuf
टोरन्टो, असोज २२ (एजेन्सी) – माथि तस्विरमा देखिएकी सुन्दरी कुनै मोडल नभएर ‘विश्वकै सबैभन्दा सेक्सी क्रिमिनल (अपराधी)’ हुन् । यति बेला सामाजिक सञ्जालमा स्टेफ्नी बेयुदोइन नाम गरेकी यी महिला यही उपाधिले निकै चर्चित बनेकी छिन् ।     मात्र २१ वर्षकी यी सुन्दरीविरुद्ध ११४ वटा विभिन्न मुद्दा चलिरहेको छ । यसमा चोरीदेखि लिएर अवैद्य रुपमा हतियार राख्नेसम्मका मुद्दाहरु रहेका छन् ।   1411306498924_wps_1_Stephanie_Beaudionस्टेफ्नीलाई अघिल्लो महिना ४२ वटा घरमा चोरी गरेको आरोपमा क्यानाडाको भिक्टोरियाभिल्लेबाट पक्राउ गरिएको थियो । उनले १३, १४ र १७ वर्षका तीन बालकहरुसँग मिलेर ४२ घरहरुमा चोरी गरेकी थिइन् ।     सबैभन्दा रोचक कुरा त के छ भने स्टेफ्नी यतिबेला नर्सिङको पढाई गरिरहेकी छिन् ।     उनी निकै चतुरपनि छिन् र खतरनाक पनि । उनीसँग विभिन्न ९ प्रकारका अवैद्यहरु बरामद गरिएको छ ।     उनको तस्विर फेसबुकमा पोस्ट हुने बित्तिकै निकै चर्चा कमाएको छ । 
फेसबुकमा यस्ता थुप्रै सुविधाहरु दिइएका छन् जसको बारेमा शायद तपाईंमध्ये धेरैलाई थाहा नहोला । यी विकल्पको सहायताले तपाईं आफ्नो फेसबुकलाई अझ राम्रो तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । आउनुहोस्, थाहा पाऔँ फेसबुकमा लुकेका पाँच राम्रा सुविधाहरुः १. आफूलाई मनपरेको लिस्ट सेट गर्नुः फेसबुकमा ‘इन्ट्रेस्ट लिष्ट’ नामको एउटा नयाँ सुविधा दिइएको छ जसको सहयोगले तपाईं आफूलाई मनपरेको कुनै पनि लिष्ट बनाउन सक्नुहुनेछ । २. फ्रेन्डसिप हिस्ट्रीलाई जाँच गर्नः यदि तपाईं आफ्ना सबै साथीहरुको हिस्ट्री जाँच गर्न चाहनुहन्छ भने यसका लागि तपाईंलाई आफ्नो साथीको प्रोफाइलमा गइरहन आवश्यक छैन । यसका लागि तपाईंले आफ्नो फेसबुकमा लगइन गरेर       
मा क्लिक गरेर फ्रेन्डसिप चेक गर्न सक्नुहुन्छ । ३. एकजना साथीको लागि मात्र अनलाईन स्टेटस लुकाउनका लागिः यदि तपाईं आफ्नो फेसबुकमा आफ्नो अनलाइन स्टेटस लुकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंले आफ्नो सबै साथीहरुलाई अफलाइन गर्न आवश्यक छैन । मात्र त्यो साथीको च्याटिङ बक्सको माथि दिइएको सेटिङ आइकनमाथि क्लिक गर्नुहोस् र ‘टर्न अफ च्यान फर’ मा उनको नाम हालेर क्लिक गर्नुहोस् । ४. आफ्नो फेसबुकको डाटा डाउनलोड गर्नुहोस्ः यदि तपाईं आफ्नो फेसबुक प्रोफाइलमा सेभ भएको डाटा डाउनलोड गर्न चाहनुहुन्छ भने यसका लागि तपाईं फेसबुको सेटिङ आइकनमा गएर ‘जनरल अकाउन्ट सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ दिइएको ‘डाउनलोड अ कपी अफ योर फेसबुक डाटा’ अप्सनमा क्लिक गरेपछि त्यहाँ भएको सबै फोटो र डाटा सेभ गर्नसक्नुहुन्छ । ५. नोटिफिकेसन साउन्ड बन्द गर्नः फेसबुकमा यदि तपाईं फेसबुकको नोटिफिकेसन साउन्डबाट तनावमा हुनुहुन्छ भने त्यसलाई बन्द गर्नका लागि सबैभन्दा पहिले फेसबुक प्रोफाइललाई ओपन गर्नुहोस् र सेटिङ अप्सनमा गएर नोटिफिकेसन अप्सनमा क्लिक गर्नुहोस्, त्यहाँ तपाईंले ‘अन’ को अप्सन देख्नुहुनेछ र त्यसलाई बन्द गर्नुहोस् र ‘प्ले अ साउन्ड’ अप्सनमा लगाइएको टिक मार्कलाई हटाएर सेटिङमा सेभ गर्नुहोस् । (एजेन्सी) /www.ratopati.com
महिला र पुरुषलाई एकै रथका २ पाङ्ग्रा पनि भनिन्छ । उनीहरुबीच समझदारी जीवन अघी बढाउन निक्कै महत्वपूर्ण हुन्छ । तर महिला र पुरुष दुवै पक्षको सँधै एउटै गुनासो हुन्छ एक अर्कालाई नबुझेको । हालै गरिएको एक अध्यनले पुरुषले महिलासँग समझदारी बढाउन अपनाउन सक्ने ७ उपाय सुझाएको छ ।
indian-man-woman
नियमित भलाकुसारीः
पति पत्नि वा प्रेमी प्रमिकाबीच सम्बन्ध विग्रने सबै भन्दा प्रमुख कारण उनीहरुबीच कुराकानी नहुनु हो । पुरुषहरुले आफ्ना कुरा नसुन्ने गुनासो महिलाको हुन्छ । त्यसकारण पुरुषले महिलाले भनेका कुरा ध्यान दिएर सुन्ने र मनन गर्ने गर्यो भने समझदारी बढ्दै जान्छ । यदि निरन्तर आमने सामने गरेर कुरा गर्न कठिन भएपनि मेसेज वा अन्य विधीबाट पनि भलाकुसारी गर्न सकिन्छ ।

प्रशंसाः
महिलाहरु प्रशंसा सुन्न लालायित हुन्छन् । खाना मिठो भन्दा वा तिमीलाई यो हेयरस्टाइल कस्तो सुहाएको भन्दा महिलाहरु मख्ख पर्छन् ।

खर्चः 
कुनै पनि स्त्रीलाई पहिलो भेटमै आफू मितब्यी छु भन्ने देखाउन खोज्नु भो भने तपाइँको सम्बन्धमा समस्या आउन सक्छ । जहिले पनि स्त्रीसँग पहिलो भेटमा भएको खर्च आफै गर्नुस् ।

10 things women shouldnt do 1
सामाजिक र ब्यक्तिगत जीवनः
सामाजिक र ब्यक्तिगत जीवनमा समायोजन गर्नु एक कामकाजी पुरुषका लागि सबैभन्दा चुनौतिको विषय हो । महिलाहरु आफ्नो पुरुष पार्टनरले सँधै जागिरका कुरा वा सामाजिक कुरा मात्र गरेको मन पराउँदैनन् । उनीहरु चाहन्छन् आफ्नो पुरुषले आफूलाई पनि समय दियोस् र निजी जीवनमा रमोस् ।
उपहारः
कहिलेकाँहि आफ्नो पार्टनरलाई उपहार दिने गर्नुस् । साना साना उपहारबाट पनि स्त्रीहरु मख्ख पर्छन् । र त्यस्तो उपहारको छनौट सँधै सोंचविचार पुर्याएर गर्नुस् ।

स्मार्टः
स्त्रीहरु आफ्नो पुरुष देख्दा स्मार्ट देखियोस भन्ने चाहन्छन् । सँधै औपचारिक पहिरन भन्दा पनि कहिले जिन्स वा टिसर्ट र स्पोर्टी लेदरका पहिरन पनि लगाउनुस् ।

नजानेको कुराः
पुरुषहरु स्मार्ट देखिन थाहा नभएको कुरालाई थाहा छ भन्ने र नजाने कुरा पनि जानेको जस्तो गर्छन् । यसो गर्दा तपाइँको साख गिर्दै जान्छ । नजानेको कुरालाई नजानेको भनेर सहर्ष स्वीकार गर्नु बरु महानता हुन्छ ।

एजेन्सी । रामगोपाल बर्मा भारतका चर्चित र सफल निर्माता एवं निर्देशक पनि हुन् । उनले आफ्ना फिल्महरुमा नयाँ नयाँ प्रयोगहरु गरिरहेका हुन्छन् ।
उनले पछिल्लो पटक तेलंगु भाषाको फिल्म ‘आइसक्रिम’ बनाएका थिए । उनले यहि आसक्रिम फिल्मको नयाँ सिक्वेल ‘आइसक्रिम २’ बजारमा ल्याएका छन् । यस फिल्ममा उनले नयाँ नायिका नवीनालाई बोल्ड अभिनयमा डेब्यु गराएका छन् । फिल्म क्षेत्रमा उनको भविष्य कस्तो हुने हो त्यो चाँही हेर्न बाँकी छ ।
1
राम गोपाल बर्माले जिया खानलाई फिल्म ‘निशब्द’ मा डेब्यु गराएका थिए । तर, उनले उक्त फिल्मपछि जियालाई आफ्नो प्रोजेक्टमा सहभागी नगराउने कसम नै खानुपर्‍यो । उनलाई जियाको हर्कत मन परेन ।
2
अंतरा मालीलाई पनि रामगोपाल बर्माले तेलंगु फिल्म ‘प्रेमकथा’ मा ल्याएका थिए । यो फिल्ममा उनको साथ जागर्जुनको भतिज सुमत र मनोज वाजयेयी थिए । यो संगै उनले सन् २००८ मा रामगोपालको साथ ४ फिल्ममा अभिनय गरेकी थिइन् ।
3
विभिन्न नयाँ नायिकालाई अवसर दिने र फिल्ममा प्रयोग गर्ने खुवि भएका रामगोपालले मधु शालिनीलाई पनि अवसर दिएका थिए ।
उनले फिल्म ‘डिपार्टमेन्ट’मा मधुलाई एक आइटम डान्समा डेब्यु गराएका थिए । यो फिल्मको गाना ‘थोडी सि…’मा उनले करोड लगानी गरेका थिए । जुन उनको यो भन्दा अघिल्लो फिल्म ‘नट ए लभ स्टोरी’को पुरै बजेट बराबर थियो । यो फिल्म ८० लाख भारुमा निर्माण भएको थियो ।
बलिउडमा डेब्यु गर्नुपहिले उनले केहि तमिल फिल्ममा काम गरेकी थिइन् ।
4
अभिनेत्री निशा कोठारीको साथ बर्माको नीजि सम्बन्ध रहेको हल्ला पनि थियो । चार वर्षमा निशाका साथ रामगोपालले साठ फिल्म बनाए, तर सवै फ्लप ।
बर्मा सुटीङ सकिएपछि निशालाई छोड्न घरै जाने गरेको आरोप िपनि लाग्ने गरेको थियो । निशासँग नाम जोड्दा रामगोपान निकै आक्रोशित बन्ने गरेका थिए ।
5
कुनै समय उर्मिला मातोडकर रामगोपाल शर्माको ब्यानरको हिरोइन थिइन् । उनलाई पनि बर्माले नै डेब्यु गराएका हुन् । उनले उर्मिलाकासाथ रंगिला फिल्म बनाए । तर उनको साथ धेरै टिकेन ।