बुधबार नेपाल लगायतका क्षेत्रबाट चन्द्र ग्रहण देखिएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट ग्रहण अवलोकन गर्न सकिन्छ । धेरै वर्ष पछि दिउसोको समयमा चन्द्र ग्रहण लागेको छ ।
eclipse
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्
ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्
ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-10-08-10-21-44.html#sthash.uAfyvfxV.dpuf
काठमाडौं, आश्विन २२ । आज साँझ रातो चन्द्रग्रहण देखिने भएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा देखिने चन्द्रग्रहण साँझ ६ बजेर १९ मिनेटमा सकिने छ । ब्लड मुन नाम दिइएको यो चन्द्रग्रहण बर्षको पहिलो हो ।
चन्द्रग्रहणलाई नाँगो आँखाले हेर्न सकिने भए पनि टेलिस्कोप, बाइनाकुलर, र क्यामेराले हेर्नु उचित हुने खगोलबिद्हरुले बताएकाछन् । चन्द्रग्रहण लागेको बेलामा ब्याक्टेरियाको प्रभाव पर्ने भएकाले चन्द्रग्रहणको समयअवधिभर खानपिन नगर्न खगोलबिदहरुले सुझाव दिएका छन् ।
आश्विन शुक्ल पूर्णिमा र प्रतिपदाको दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने गरेको बताइन्छ । ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपुजन, जप र मोक्षपछी स्नान गरेमा अक्षय पूण्य प्राप्त हुने शास्त्रिय मान्यता रही आएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/42015/29/.shtml#sthash.lZiTMV6c.dpuf